यातायात कार्यालय जनकपुरबाट दलाल यादव पक्राउ
यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर ४ यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको हो ।

२०७९ माघ २० शुक्रबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर यातायात कार्यालयबाट एक बिचौलिया (दलाल) पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा दलाली गर्दै आएका बर्ष ३० को आदित्य यादवलाई पक्राउ गरिएको हो ।
जनकपुर यातायात कार्यालयको नामुद र चिरपरिचित दलालको रुपमा रहेका यादवलाई शुक्रबार पक्राउ गरिएको हो । सेवाग्राहीलाई अधिक हैरानी पार्न थालेपछि दलाल यादव पक्राउ गरिएको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर ४ यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…