नेफा प्रदेश १ द्वारा रिसर्च फोर लाइफको तामिल सुरु
यस तालिममा कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी भएका छन् । यसै गरी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ हात्तिसार क्याम्पस धरान तथा कोशी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी भएका छन ।

२०७९ माघ १९ बिहीबार, राति ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । नेपाल पव्लिक ऐल्थ एशोसियसन प्रदेश नं. १ को आयोजनामा रिसर्च फर लाइफको ३ दिने कार्यशाला गोष्ठि सुरु भएको छ ।
संस्थाको अध्यक्ष सागर प्रसाईको अध्यक्षतामा कोशी हेल्थ इन्स्टिच्यूट विराटनगरमा गोष्ठी सँचालन भएको हो । तालिमको मुख्य तालिम कर्ता नेपाल हेल्थ रिसर्च काउन्सिलमा कार्यरत रिसर्च फर लाइफको पैरबी कर्ता एवम् मास्टर ट्रेनर चन्द्र भुषण यादवको नेतृत्वमा सञ्चालन भैरहेको जनाइएको छ ।
अनुसन्धानमा रुचि राख्ने विद्यार्थी एवम् शिक्षकहरुलाई रिसर्च फर लाइफको ज्ञान सम्बन्धि आम नागरिक सम्म चेतना अभिवृद्धि गर्नका लागि सो तालिमको आयोजना गरिएको हो ।
अनुसन्धान गर्ने कार्य पक्कै पनि सहज कार्य नभएको तर निकै आवश्यक रहेकोले अनुसन्धान प्रति रुचि राख्ने जो कोहिले पनि रिसर्च फर लाइफ बारे जानकारी लिनु पर्ने कुरा जनस्वास्थ्य विज्ञ एवम् नेपाल पव्लिक ऐल्थ एसोसियसनका सचिव सुर्य नारायण चौधरीले बताए । रिसर्च फर लाइफले पैसा तिरेर डाउनलोड गर्नुपर्ने आर्टिकलहरुलाई पनि सहजै निशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ भन्ने अवधारण राखे ।
OARE, ARDI र GOLI को सामुहिक संकलन केन्द्रको सर्च इन्जिन रिसर्च फर लाइफ हो । यसबारे तमाम अनुसन्धान कर्मीले बुझ्नुपर्छ भन्ने धारणा चौधरीले राखे ।
उपयुक्त अनुसन्धानले स्थानिय तह प्रदेश तह र राष्ट्रिय तहमा योजना तर्जुमा गर्न महत्वपुर्ण भूमिका खेल्दछ । यसका लागि वैज्ञानिक अनुसन्धानको आवश्यक छ । यस कार्यमा रिसर्च फर लाइफले उल्लेखनीय भूमिका खेल्दछ भन्ने विचार संस्थाका अध्यक्ष एवम् सुनसरी स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले बताए ।
यस तालिममा कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी भएका छन् । यसै गरी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ हात्तिसार क्याम्पस धरान तथा कोशी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी भएका छन ।
स्वास्थ्य आपुर्ती व्यवस्थापनका प्रमुख शम्भु शाहले अनुसन्धान प्रति निकै राम्रो उपयोगी तालिम भएकोले तालिमको आयोजना गरेकोमा प्रदेश नं.१ जनस्वास्थ्य संघलाई धन्यवाद दिए । फार्मासिष्ट एवम् एसिस्टेण्ड प्रो. बि.एन. चौधरीले तालिम निकै उपयोगी रहेकोले यो तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई अनुरोध गरे ।
जनस्वास्थ्य विज्ञ एवम् प्रसुति रोग विशेषज्ञ तथा जनस्वास्थ्य संघ प्रदेश नं १ का सल्लाहकार डा. वाल कृष्ण शाहले रिसर्च फर लाइफको तालिमले गर्दा आफु उत्साहित रहेको र अनुसन्धान प्रति रुचि जगाएको कुरा जानकारी गराए ।
मुख्य प्रशिक्षक चन्द्र भुषण यादवले विकासोन्मुख राष्ट्रहरुको लागि यो सुनौलो मौका भएकोले सके जति फाइदा लिनका लागि अपिल गर्नु भयो । यस तालिमका अन्य प्रशिक्षकको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका एसोसियड प्रो.डा. बिनिता पौडेल कोशी हेल्थ कलेजका एसिस्टेण्ड प्रो. सुर्य नारायण चौधरी रहेका छन ।
अनुसन्धान बिना शिक्षा क्षेत्र मात्र अपुरो रहदैन तमाम अनुसन्धान कर्मी, योजना कर्मी नै वैज्ञानिक योजना बनाउन असफल हुने भएकोले रिसर्च फर लाइफ मार्फत उपयुक्त लेख खोजि अनुसन्धान गरी सीप एवम् दक्षता बढाउन रिसर्च फर लाइफले सहयोग गर्दछ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…