प्रहरी हिरासत तोडेर भागेका ६ थुनुवामध्ये ४ पक्राउ, दुई अझै फरार
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।

२०७९ माघ १९ बिहीबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासत तोडेर भागेका ६ थुनुवामध्ये विहिबारसम्म ४ थुनुवा पक्राउ परेका छन् ।
आईतबार विहान ३ः३० बजेको समयमा प्रहरीको हिरासतको पर्खाल फोडेर भागेका विभिन्न मुद्दामा ६ जना थुनुवामध्ये ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
अझै दुई जना थुनुवा फरार रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…