सिरहाः रक्सी पसलमा सुरुँग खनी चोरी, दारु, बियर, रेडबुल सहित दुई जना पक्राउ 

दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको बताइएको छ । 

२०७९ माघ १७ मंगलबार
बिहान ०८:०० बजे
न्यूज ब्यूरो, डेस्क
File Photo/representative only

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक रक्सी पसलमा चोरी गरेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

आईबार विहान करिब ३ः३० बजेको समयमा सुखिपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको राजेश चौधरीको कोल्ड स्टोरमा सुरुँग खनी रक्सी चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

कोल्ड स्टोरको पछाडीबाट सुरुँग खनेर सुखिपुर नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष २३ को मँगल सहनी र औरही गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २३ रसिक राईनले चोरी गरेको समानसहित पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, उनीहरुको साथबाट मोटरसाईकल, खन्ती, रक्सी, रेडबुल, बियर गरी करिब १० हजार बराबरको समान बरामद गरिएको हो । 

दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको बताइएको छ । 

  • 0%
  • 33%
  • 0%
  • 33%
  • 0%
  • 33%

चर्चित युवा गीतकार बेदर्दीले पाए 'सर्वोत्कृष्ट मैथिली गीतकार २०२३' अवार्ड

  • २०७९ माघ १७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । " नेपाली हुनुमा गर्व गरौँ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं " भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) द्वारा आयोजित नेपालको पहिलो समावेशी

पूरा पढ्नुहोस्

Bureau Menus