धरापमा मेयर बालेनको पद
यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।

२०७९ माघ १५ आइतबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ ।
स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको हो ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् । तर, मेयर बालेनले भने जरिवाना नतिरेको आयोगले जनाएको छ ।
आयोगले साढे सात लाख रुपैयाँ जरिवाना तिर्न भनेर निर्देशन दिए पनि मेयर बालेन जरिवाना नर्तिने अडानमै छन् । उनले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।
यसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…