यति एयरलाईन्सको विमान दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रु घटे

२०७९ माघ १५ आइतबार
बिहान ०८:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गत माघ १ गते भएको यति एयरलाईन्सको विमान दुर्घटना र ७२ जनाको ज्यान गएपछि हवाई मार्गबाट यात्रा गर्ने यात्रु घटेका छन् । 

७२ जनाको ज्यान गएपछि हवाईमार्गबाट यात्रा गर्ने यात्रुहरुले पनि गाडी, बसबाट यात्रा गर्न थालेका छन् । भरिभराउ रहने विभिन्न कम्पनीको जहाज अहिले थोरै यात्रु लिएर उडन बाध्य भएको छ । 

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा आन्तरिक प्रस्थान द्वारअघि उतिसारो भीड छैन । फाट्टफुट्ट विदेशी पर्यटक देखिन्छन् । विमानस्थलको पार्किङमा यात्रु कुर्ने ट्याक्सीको संख्या घटेको छ ।

 ट्याक्सी चालक निराश देखिन्छन् । विमानस्थलका कर्मचारीको अनुहारमा उद्घाटनका बेला जस्तो चमक छैन । माघ १ मा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछिको परिदृश्य हो यो । यति बेला पोखराबाट हवाई यात्रा गर्नेको संख्या घटेको छ ।

विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ । 

पुस २९ मा ४८ उडान हुँदा पोखरामा १ हजार ४ सय यात्रु भित्रिए भने यहाँबाट १ हजार ३ सय २९ यात्रु बाहिरिए । माघ ९ मा २६ उडान हुँदा पोखरामा ४ सय ६६ यात्रु भित्रिए भने ५ सय ६१ बाहिरिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७९ माघ १५ आइतबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus