यति एयरलाईन्सको विमान दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रु घटे
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ ।

२०७९ माघ १५ आइतबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत माघ १ गते भएको यति एयरलाईन्सको विमान दुर्घटना र ७२ जनाको ज्यान गएपछि हवाई मार्गबाट यात्रा गर्ने यात्रु घटेका छन् ।
७२ जनाको ज्यान गएपछि हवाईमार्गबाट यात्रा गर्ने यात्रुहरुले पनि गाडी, बसबाट यात्रा गर्न थालेका छन् । भरिभराउ रहने विभिन्न कम्पनीको जहाज अहिले थोरै यात्रु लिएर उडन बाध्य भएको छ ।
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा आन्तरिक प्रस्थान द्वारअघि उतिसारो भीड छैन । फाट्टफुट्ट विदेशी पर्यटक देखिन्छन् । विमानस्थलको पार्किङमा यात्रु कुर्ने ट्याक्सीको संख्या घटेको छ ।
ट्याक्सी चालक निराश देखिन्छन् । विमानस्थलका कर्मचारीको अनुहारमा उद्घाटनका बेला जस्तो चमक छैन । माघ १ मा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनापछिको परिदृश्य हो यो । यति बेला पोखराबाट हवाई यात्रा गर्नेको संख्या घटेको छ ।
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ ।
पुस २९ मा ४८ उडान हुँदा पोखरामा १ हजार ४ सय यात्रु भित्रिए भने यहाँबाट १ हजार ३ सय २९ यात्रु बाहिरिए । माघ ९ मा २६ उडान हुँदा पोखरामा ४ सय ६६ यात्रु भित्रिए भने ५ सय ६१ बाहिरिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…