सिरहा अस्पतालको सेवा विस्तार, मधेश प्रदेशभरिमै मात्र सिरहा अस्पतालमा DR-Xray को सुविधा
मधेश प्रदेशकै ८ वटै जिल्लाको कुनै पनि अस्पतालमा नभएको डिआर–एक्सरे सुविधा मात्र सिरहा अस्पतालमा सँचालनमा ल्याइएको छ । मेसु यादवका अनुसार, मधेश प्रदेशको सिरहा अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा यो सुविधा नरहेको बताए ।

२०७९ माघ १३ शुक्रबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको सदरमुकामस्थित रहेको सिरहा अस्पतालमा सेवा विस्तार गरिएको छ ।
सिरहा अस्पतालमा यसअघि ५० बेडको अस्पताल सँचालन हुँदै आएकोमा बेड सँख्या बढाएर ११५ पुरयाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।
अस्पतालको पूर्वाधारमा समेत स्तरोन्नति गरी अस्पतालमा आईसीयूको लागि ५ बेडको सेवा विस्तार गरिएको छ ।
यस्तै, डायलसिसको लागि १२ बेड, एनआईसियू ७ बेड र पिआईसीयू ८ बेडको सँचालनमा ल्याएको मेसु यादवले जानकारी दिए ।

मधेश प्रदेशकै ८ वटै जिल्लाको कुनै पनि अस्पतालमा नभएको डिआर–एक्सरे सुविधा मात्र सिरहा अस्पतालमा सँचालनमा ल्याइएको छ । मेसु यादवका अनुसार, मधेश प्रदेशको सिरहा अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा यो सुविधा नरहेको बताए ।
मेसु यादवले विस्तारै सेवा विस्तारसँगै मधेश प्रदेशमै नमुना समुदायिक अस्पतालको रुपमा विस्तार गरिने दाबी गरे । उनले यो अस्पताललाई नमुना अस्पताल बनाउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…