जनकपुरः सरस्वति पूजामा मोसा कुदाउने 'छपरी' सहित पौने दुईसय मोसा पक्राउ, महोत्तरीमा ग्याँग फाईट
विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।

२०७९ माघ १२ बिहीबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरस्वति पूजाको अवसर पारेर जथाभावी मोटरसाईकल (मोसा) कुदाउनेहरुलाई धनुषा प्रहरीले कारवाही गरेको छ ।
सरस्वति पूजाको अवसरमा बिना हेल्मेट, बिना कागजातको गाडी चलाउने, ओभरस्पीड चलाउने, गल्लीमा चर्को आवाजमा गाडी कुदाउनेहरुलाई जिल्ला प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको सप्ताहव्यापी अभियानको पहिलो दिन बिहिवार १ सय ६४ वटा मोटरसाइकल र १ सय २७ जना चालकहरुलाई नियन्त्रणमा लिइएको छ ।
सवारी चलाउने बेलामा अनिवार्य राख्नु पर्ने कागजातहरु लाइसेन्स, बिलबुक सहितका नबोेकेको सवारी चालकहरुलाई पक्राउ गरिएको छ ।

त्यसैगरि भिडभाडमा तीव्रगतिमा गाडी चलाउने, हेलमेट नलगाउने, मोटरसाइकलमा दुईजना भन्दा बढि सवार भएको सहितको ट्राफिक नियम विपरीत काम गर्नेहरुलाई पक्राउ गरिएको छ ।
विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।
यस्तै, महोत्तरीमा विद्यार्थीहरुबीच ग्याँग फाईट भएको छ । सोही क्रममा २१ वटा मोटरसाईकल पक्राउ गरिएको छ भने १७ जना विद्यार्थी समेत पक्राउ परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…