
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ ।
विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो ।
सिडिओ गौतमलाई आज कर्मचारी मिलन केन्द्र, सर्लाहीले मायाको चिनो, दोसल्ला,अविर, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो । उहाँ आजै जिल्ला छाडेका हुन् ।
फेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन–२०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन(२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो ।
वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताउनु भयो । केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला थपेको विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई प्रजिअको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप(अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमशः नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियोे । सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।
केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो ।
उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला मिलेको विश्वास व्यक्त गर्नु भयो । उपाध्यक्ष सुवेदीले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप(अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमशस् नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियो ।
कर्मचारी मिलन केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष गोपाल प्रसाद गौतम, सचिव सुनिल कुशवाहा, सदस्यहरू जितेन्द्र किशोर गुप्ता, रञ्जय कुमार महतो, राज कुमार थापा, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, उपअनुसन्धान निर्देशक सन्तोष ढुंगेल, सप्रजिअ हरि प्रसाद अधिकारी,बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव यादव, ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेस यादव, शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख रामअधार सिंह कुशवाहा लगायत कर्मचारी मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरूको उपस्थिती रहेको थियोे । कार्यक्रम केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गर्नुभएको थियो ।
धनुषा निर्वाचन क्षेत्र नं. २ काँग्रेसको क्षेत्रीय सभापतिमा गोहिबार, शिवधारीदेखि प्रसैलासम्म महासमिति सदस्यमा निर्वाचित
- २०७९ माघ ९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नविन गोहिबार (यादव) निर्वाचित भएका छन् । शनिबार विदेह नगरपालिकाको नमुना विद्यालयमा भएको मतदान सम्पन्नपछि अबेर राती भएको मतगणनाबाट
पूरा पढ्नुहोस्