जनमतका खानलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री नै दिने प्रचण्डको आश्वासन 

२०७९ माघ ९ सोमबार
बिहान १०:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने आश्वासन दिएका छन् ।

उद्योग मन्त्रालय दिने सहमति भएपछि जनमतले अब्दुल खानलाई सरकारमा पठाएको थियो । ११ पुसमा विना विभागीय मन्त्रीको शपथ लिएका अब्दुललाई ३ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर खानले जिम्मेवारी सम्हालेका छैनन् । प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्री खानलाई बोलाएर छलफल गरेका थिए ।

आइतबार साँझ बसेको पार्टीको बैठकमा खानले गरेको ब्रिफिङअनुसार प्रधानमन्त्रीले छिट्टै सहमति अनुसारकै मन्त्रालय दिलाउने आश्वासन दिएका छन् ।

जनमत पार्टीका एक पदाधिकारी भन्छन्, ‘पूर्वसहमतिअनुसार उद्योग मन्त्रालय पाए सरकारमा सहभागितालाई निरन्तरता दिन्छौं, नभए सरकार छाड्ने कुराकानी भएको छ ।’

  • 95%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ माघ ९ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus