मुलुकले स्थिरता पाउन सकेनन्ः पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।

२०७९ माघ ८ आइतबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।
मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएको हो ।
उनले अझैपनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राखे । उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए । डा. यादवले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्नेपनि बताए
पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न रु ५१ हजार हस्तान्तरण गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…