
न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा शनिबार भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो ।
उनको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ । एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए ।
इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो । यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहनुभएको थियो ।
सन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएको छ । उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।
फेरी आयो पेट्रोल र डिजेलको मुल्य बढेर, पेट्रोलमा ८ रुपैयाँ मूल्य वृद्धि
- २०७९ माघ ८ आइतबार
न्यूज ब्यूरो, काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४
पूरा पढ्नुहोस्