५८ औं वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकद्धारा वित्तिय साक्षरताको लागि प्रभातफेरी
यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको जानकारी बरिस्ठ सहायक सुचना प्रविधि अजय कुमार साहले दिए ।

२०७९ माघ ७ शनिबार, बेलुकी ५:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको मातहतमा सँचालित सबभन्दा विश्वासिलो मानिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रभातफेरी कार्यक्रम गरेको छ ।
बैँकको ५८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरसहित वरपरका शाखा कार्यालयहरुमा समेत वित्तिय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम गरिएको हो ।
जनकपुरधामस्थित भनुचौक, पिराडी चौक सहित धनुषाको महेन्द्रनगर र महोत्तरीको पिपरा तथा बलबा बजारस्थित शाखाको संयुक्त आयोजनामा वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरेको थियो ।
बैंकका भानुचौक शाखाका प्रवन्ध कृष्ण प्रसाद पौड्यालले बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।

बैंकको प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा ४० जना भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर व्यानर सहित शुरु गरिएको उक्त प्रभातफेरीको रयाली बैंकको प्रादेशिक कार्यालय भनुचौकबाट शुरु भई कदम चौक , मुरली चौक , राम चौक , जानकी मन्दिर , जनक चौक , शिव चौक हुदैं प्रादेशिक कार्यालयमा पुगेर समापन भएको थियो ।
कार्यक्रमको संयोजक जनकपुर भानुचौक शाखाका प्रवन्धक कृष्ण प्रसाद पौड्याल रहेको थियो भन्ने सदस्यहरु कृष्णदेब प्रसाद पाल , समित कुमार ठाकुर , सुरेश मण्डल, दिनेश रजक रहेको थियो लगायत कर्मचारीहरुको मोटो उपस्थिति रहेको थियो ।
यही माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको जानकारी बरिस्ठ सहायक सुचना प्रविधि अजय कुमार साहले दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…