७० सिडिओको सरुवा, धनुषामा काशिराज दाहाल आउँदै, मधेशमा को-को कहाँ ?
यस्तै सिरहाको सिडिओमा भोजराज खतिवडा, सर्लाहीमा ईन्द्रदेव यादव, पर्सामा हिरालाल रेग्मी, रौतहटमा धर्मेन्द्र कुमार मिश्र, बारामा नवराज सापकोटा, सुनसरीमा हुमकला पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन् ।

२०७९ माघ ६ शुक्रबार, राति १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीमा काशिराज दाहाल आउने भएको छ । उनी काज सरुवा भएर धनुषा आउन लागेका हुन् ।
धनुषामा वर्तमान रहेका सुरेन्द्र पौडेल चितवन जाने भएका छन् । गृह मन्त्रालयले गरेको काज सरुवा अन्तर्गत धनुषामा सह-सचिव काशिराज दाहाल नयाँ सिडिओ भएर आउने भएका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय मोरँग सम्हालेका दाहालले अब धनुषा काज सरुवा भएका छन् । उनी सो अघि मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयमा सचिव भएर बसेका थिए ।
आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै सिरहाको सिडिओमा भोजराज खतिवडा, सर्लाहीमा ईन्द्रदेव यादव, पर्सामा हिरालाल रेग्मी, रौतहटमा धर्मेन्द्र कुमार मिश्र, बारामा नवराज सापकोटा, सुनसरीमा हुमकला पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…