'म जिल्ला सभापतिको लागि सक्षम छु': गोईत
धनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।

२०७९ माघ ५ बिहीबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी सँघ (नेविसँघ) सँग आवद्ध रहँदै आएका विद्यार्थी नेता ईन्द्रजीत गोईतले आफू जिल्ला सभापतिको लागि सक्षम रहेको दाबी गरेका छन् ।
नेविसंघसहित भातृसँगठनको अन्य सँगठनबाट समेत आफूलाई सिफारिस गरिएको भन्दै धनुषा जिल्ला सभापतिको लागि आफू सक्षम रहेको दाबी गरेका छन् । स्वीयू चुनावको लागि मनोनित गरिने नेविसंघको नेतृत्वको लागि उनले जिल्ला सभापतिमा आफू सक्षम रहेको बताएका छन् ।
सँगठनले स्वीयू चुनावको लागि पहिलो तीन महिनाको लागि मनोनित गर्ने जिल्ला सभापतिमा आफ्नो लगनशिलता, निरन्तरता र सक्रियाको मापदण्ड बमोजिम आफूले सभापतिको लागि सक्षम ठानेको बताएका छन् ।
विगत आधा महिनादेखि धनुषामा नेतृत्व दिनको लागि राजनीतिज्ञ व्यक्तिहरुले अझै ठोस निर्णय गर्न नदिएको प्रति दुःख प्रकट गर्दै उनले सक्षमताको आधारमा आफूलाई सभापतिको जिम्मेवारी दिनुपर्ने बताए ।
धनुषा जिल्ला सभापतिको लागि ईन्द्रजीत गोईतको नाम प्रथम क्रममा रहेको छ भने दोस्रोमा सुजित यादव र तेस्रोमा सुनिल साहको रहेको छ । सुनिल साहले चासो नदेखाएपछि यादव र गोईत कसलाई दिने भनेर विगत २० दिनदेखि अझै अन्यौल रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…