साँसद यादवले गरेको सडक शिलान्यास मेयर दासका समर्थकहरुले भत्काए
उनका समर्थकहरुले डोजर लिएर शिलालेख भत्काउँदै पुनः मेयरबाट शिलान्यास गराउने अडान लिएका छन् ।

२०७९ माघ ४ बुधबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का साँसद रामकृष्ण यादवले शिलान्यास गरेको शिलालेख भत्काइएको छ ।
सोमबार मात्र साँसद यादवले धनुषाको विदेह नगरपालिका वडा नम्बर २ स्थित निर्माण हुने भनिएको बैदेही डुमरिया खोला पूल निर्माणको लागि शिलान्यास गरेका थिए ।
सो शिलान्यास गरिएको शिलालेखलाई विदेह नगरपालिकाका मेयर बेचन दासका समर्थकहरुले बुधबार भत्काएका छन् । उनका समर्थकहरुले डोजर लिएर शिलालेख भत्काउँदै पुनः मेयरबाट शिलान्यास गराउने अडान लिएका छन् ।

सो पूलको लागि विदेह नगरपालिकाका मेयर बेचन दासले केन्द्रबाट बजेट तथा योजना ल्याएर पूल निर्माण गर्न लागेको उनका समर्थकहरुले जनाएका छन् । सो योजना मेयर दासले ल्याएपनि शिलान्यास साँसद यादवबाट गराएको भन्दै उनका समर्थकहरुले शिलालेख फोडेर हटाएका छन् ।
अरुले ल्याएको योजनामा साँसद यादवले शिलान्यास गरेको भन्दै मेयर दासका समर्थकहरुले सो शिलालेख तोडदै आगामी दुई दिनपछि पुनः सोही पूललाई मेयर दासले शिलान्यास गर्ने जनाएको छ ।
यता, सो पूलको लागि मन्त्रालयबाटै साँसद रामकृष्ण यादवले नै पहल गरी बजेट ल्याएको बताईएको छ । मन्त्रालयले शिलान्यासको लागि यादवलाई पठाएपछि मेयर दासले सो शिलालेख फुटाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…