ईन्जिनीयर साह डेढ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

२०७९ माघ ३ मंगलबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थितबाट एक ईन्जिनीयरलाई अख्तियारले रँगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घूसहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग निर्माण कार्यको भुक्तानी बापत घूस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनकै कार्यकक्षमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन्।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…