स्थानीयस्तरमै पहिलो पटक शहिदनगर नपामा शैक्षिक क्यालेण्डर
न्यूज ब्यूरो || जनकपुरधा, १८ बैशाख । स्थानीय तह गठन भएपछि नेपालमै पहिलो पटक धनुषाको शहिदनगर नगरपालिकामा शैक्षिक क्यालेण्डर सार्वजनिक गरिएको छ । स्थानीय तहको निर्वाचनपछि अस्तव्यस्त बनेको समुदायिक विद्यालय उचीत व्यवस्थापन र आधुनिकता प्रदान गर्न शैक्षिक क्यालेण्डर जारी गरिएको हो । सरकारको सार्वजनिक तथा

२०७५ बैशाख १८ मंगलबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधा, १८ बैशाख । स्थानीय तह गठन भएपछि नेपालमै पहिलो पटक धनुषाको शहिदनगर नगरपालिकामा शैक्षिक क्यालेण्डर सार्वजनिक गरिएको छ ।
स्थानीय तहको निर्वाचनपछि अस्तव्यस्त बनेको समुदायिक विद्यालय उचीत व्यवस्थापन र आधुनिकता प्रदान गर्न शैक्षिक क्यालेण्डर जारी गरिएको हो ।
सरकारको सार्वजनिक तथा स्थानीय बिदा समेत उल्लेख गरिएको उक्त शैक्षिक क्यालेण्डरमा नगरपालिकाले बाह्रै महिनासम्म गर्ने शैक्षिक गतिविधि र क्रियाकलापलाई सार्वजनिक गरिएको हो ।
क्यालेण्डरमा समुदायिक विद्यालयको योजना, शिक्षकहरुको जिम्मेवारी, विद्यार्थी तथा अभिभावकको समेत काम, कर्तव्य र जिम्मेवारीबारे बुंदाहरु समावेश गरिएको छ ।
नगरभित्र सँचालित समुदायिक विद्यालयहरुको वर्तमान प्रवृतिलाई सुधार गर्नको लागि तथा शिक्षामा गुणस्तरीयता प्रदान गर्नको लागि शैक्षिक क्यालेण्डर जारी गरिएको नगर प्रमुख उदय कुमार बरबरियाले बताए । 
एक्सन म्यान मेयर भनेर चिनिने नेपालकै कान्छो मेयर बरबरियाले विकास निर्माणमा देखाएको सक्रियता र एक्सनले जनता समक्ष प्रसिद्धि कमाएका छन् भने पहिलो पटक क्यालेण्डर जारी गरेर शैक्षिक क्षेत्रलाई थप बलियो बनाउने प्रयासमा जुटेका छन् ।
बर्ष २०७५ सालको बैशाखदेखि नै लागु गरिएको उक्त कलेण्डर सार्वजनिक गर्दै विना कुनै योजनाको कुनै पनि क्षेत्रलाई व्यवस्थित गर्न नसकिने बताउँदै मेयर बरबरियाले क्यालेण्डरमा उल्लेख गरिएको तथा समावेश गरिएको विभिन्न समयको विभिन्न क्रियाकलापहरुलाई अध्ययन गरी कार्य सँचालन गर्न सजिलो हुने उदेश्यले क्यालेण्डर सार्वजनिक गरिएको बताए ।
बैशाख महिनाभित्रै सबै प्रकारको शैक्षिक कार्यक्रमहरु तथा शैक्षिक सत्र सम्पन्न गर्ने लक्ष्य सहित शैक्षिक अभियानमा जुटेका मेयर बरबरियाले क्यालेण्डरबाट नगरभित्रको शैक्षिकस्तर मापन गर्न सजिलो हुने थपे ।

स्थानीय तह छुट्याइएपछि नेपालमै पहिलो पटक नगरभित्र शैक्षिक क्यालेण्डर जारी गरिएको हो । क्यालेण्डरमा नगरभित्रका विभिन्न प्रसिद्ध ठाउँहरुको तस्विर समेतलाई समावेश गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…