मन्त्रालय र मन्त्री टुँगो लगाउन नेताहरुको कसरत जारी
यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।

२०७९ माघ २ सोमबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केन्द्र सरकारको मन्त्रीमण्डल विस्तारको लागि दलका नेताहरु अहिले कसरतमा लागेका छन् । त्यसको लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।
यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…