रुसी राष्ट्रपति पुटिन विमान दुर्घटनाप्रति समवेदना
न्यूज ब्यूरो, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ । तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार प

२०७९ माघ १ आइतबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।
तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।
‘पोखरामा भएको यात्रुवाहक विमान दुर्घटनाको दुःखद खबरका लागि मेरो गहिरो समवेदना स्वीकार गर्नुहोला । यस भयानक दुर्घनामा परी ज्यान गुमाउने मृतकहरू श्रद्धाञ्जली र उहाँका परिवार र साथीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ पुटिनले पठाएको सन्देशमा उल्लेख छ ।
७२ जना सवार यति एयरको विमान पोखरामा दुर्घटना भएको हो । जसमा एक जना रुसी नागरिकसमेत सवार थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…