आन्तरिक उडान भर्ने सबै जहाजको प्राविधिक चेकजाँच गर्न सरकारको निर्देशन
विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

२०७९ माघ १ आइतबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
आज आइतवार पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…