यति यएयरलाइन्सको भोलीको सबै उडान रद्द
अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ।

२०७९ माघ १ आइतबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ।
आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो।
भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।
पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।
अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…