विमान दुर्घटना अपडेटः प्रधानमन्त्री प्रचण्ड एयरपोर्ट कन्ट्रोलरुममा, अचानक मन्त्रिपरिषदको बैठक बोलाइयो
‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।

२०७९ माघ १ आइतबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् ।
पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।
‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।
#Yetiairlines #planecrash #yeticrash #yetiaircrash #pokharanews #todaypokharacrashकस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…