विद्यार्थी सिर्जना महरा मृत्यू घटनालाई यथाशिघ्र छानबिन गर्न अनेरास्वीयूले बुझाए सिडिओलाई ज्ञापन
जिल्ला सिरहा मिर्चैया नगरपालिकाको बजारस्थित रहेको सगरमाथा स्कूलमा कक्षा ८ मा अध्यनरत सिर्जना कुमारी महराको बिधालयको कक्षा कोठामा पेट दुख्दा शिक्षिका अम्बिका लम्सालले स्प्रीटसँगै औषधी खुवाईदिएपछि उनको मृत्यू भएको बताईएको छ ।

२०७९ पुस २८ बिहीबार, राति १०:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा बोर्डिँग स्कूलमा विद्यार्थी सिर्जना महरालाई स्प्रीट खुवाएपछि मृत्यू भएको घटनामा यथाशिघ्र छानबिन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी सँगठन अखिल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्वीयू) जिल्ला कार्यसमिति सिरहाद्धारा जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाईएको हो ।
विहिबार जिल्ला अध्यक्ष सुरेश कुमार यादवको नेतृत्वमा गएको पदाधिकारी तथा विद्यार्थीहरुको टोलीले सिर्जना महराको परिवारसँग न्याय हुनुपर्ने भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
दोषीमाथि कानुन बमोजिम कारवाही ,मृतक परिवारलाइ क्षतिपूर्ति र नेपाल सरकार प्रदेश सरकार स्थानिय सरकारबाट समेत राहत पाउनुपर्ने माग सहित जिल्ला प्रसाशन कार्यलय सिरहामार्फत ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला सिरहा मिर्चैया नगरपालिकाको बजारस्थित रहेको सगरमाथा स्कूलमा कक्षा ८ मा अध्यनरत सिर्जना कुमारी महराको बिधालयको कक्षा कोठामा पेट दुख्दा शिक्षिका अम्बिका लम्सालले स्प्रीटसँगै औषधी खुवाईदिएपछि उनको मृत्यू भएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…