डुबेका युवक खोजतलास गर्न सेनाको टोली पोखरीमा
अहिले सिरहाको चोरहर्बास्थित रहेको श्री बहादुर शेर गण चोहर्वा आर्मी ब्यारेकका टोलीले रबर बोट लिएर युवकको खोजतलास सुरु गरेको छ ।

२०७९ पुस २८ बिहीबार, बेलुकी ५:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आज पोखरीमा डुबेका युवकलाई खोजतलास गर्नको लागि नेपाली सेनाको टोली पोखरीमा पुगेको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ नभटोलीस्थित विहिबार अपरान्ह पोखरीमा माछा मार्न गएका स्थानीय गणेश सदा डुबेको हो । उनी अझै फेला नपरेपछि प्रहरीको सहयोगमा नेपाली सेनालाई बोलाईएको हो ।
अहिले सिरहाको चोरहर्बास्थित रहेको श्री बहादुर शेर गण चोहर्वा आर्मी ब्यारेकका टोलीले रबर बोट लिएर युवकको खोजतलास सुरु गरेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…