यादवलाई कारवाही गर्न पार्टीको सिफारिस
नेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।

२०७९ पुस २८ बिहीबार, बिहान ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ४को क्षेत्रीय समितिले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै डा।चन्द्रमोहन यादव र ईब्राहिम राईनलाई कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति कुमरकान्त झाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा नेता यादव तथा राईनले नेकांका उम्मेदवार महेन्द्र यादव विरुद्ध लागेको भन्दै कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ ।
नेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
यीनीहरुले महासेठको पैसा खाएर मतदाता भड्काउने काम गरेकोले नेकांको उम्मेदवार यादव पराजित भएको झाले दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…