वीरगँजमा कोईला बालेर घरभित्र सुतेका दुई जनाको निस्सासिएर मृत्यू
घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।

२०७९ पुस २७ बुधबार, राति ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको वीरगँजस्थित कोयला डिपोमा काम गर्ने दुई कामदारको निस्सासिएर मृत्यू भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।
भारत बिहार मोतीहारी जिल्ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्।
उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए।
दुबै जना उक्त कोठामा सुतेकोमा बुधबार बिहान १० बजेसम्म पनि उनीहरूले ढोका खोलेनन्।
ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पाएपछि प्रहरीले ढोका फोडेको थियो। त्यतिञ्जेल उनीहरूको मृत्यु भइसकेको डिएसपी गिरीले बताए।
घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।
प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…