लालबाबु राउतले मैदान छोडेपछि जसपा मधेश प्रदेश सँसदीय दलको नेता बने यादव
जसपाका नेता मनिष सुमन, सर्लाहीका सँजय यादव र राम अशिष यादवले सरोज यादवलाई नै आन्तरिक समर्थन गरेपछि सरोजको जीत निश्चित भएको थियो । सरोजको जीत निश्चित भएपछि लालबाबु राउतले उम्मेदवारी फिर्ता लिँदै अन्ततः यादवलाई समर्थन जनाएको हो ।

२०७९ पुस २५ सोमबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।
सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।
सोमबार विहान ११ बजेसम्म तोकिएको मनोयन दर्ताको क्रममा तत्कालिन मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी र सरोज यादवले उम्मेदवारी दिएका थिए । यसअघि रामअशिष यादव समेत सँसदीय दलमा लडने चर्चा भएपनि पार्टीको साख जोगाउन उनले यादवलाई नै समर्थन गरेका थिए ।
बेटी पढाउ, बेटी बचाउ अभियानको साईकल प्रकरणमा “साईकल चोर” को टयाग लगाएका राउतले अन्तिमसम्म पुनः मुख्यमन्त्री बन्ने दाउमा लागेका थिए ।
जसपाका नेता मनिष सुमन, सर्लाहीका सँजय यादव र राम अशिष यादवले सरोज यादवलाई नै आन्तरिक समर्थन गरेपछि सरोजको जीत निश्चित भएको थियो । सरोजको जीत निश्चित भएपछि लालबाबु राउतले उम्मेदवारी फिर्ता लिँदै अन्ततः यादवलाई समर्थन जनाएको हो ।
मधेश प्रदेशमा बन्ने जसपा–जनमतको हाफ सरकारमा पहिलो मुख्यमन्त्री जसपा लिए सरोज यादव मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…