सिरहाको गोलबजारमा सार्वजनिक पोखरी व्यक्तिको नाममा पास

२०७९ पौष २४ आइतबार
बिहान ०९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित गोलबजार नगरपालिका वडा नम्बर ८ (साबिक ९) मा रहेको पैन्झाउ भनिने सार्वजानिक पोखरी एक व्यक्तिले आफ्नो निजि नाममा लुकाईछिपाई गर्न लागेको तथ्य खुलासा भएको छ । 

सिरहा नापीशाखाबाट गएको बिशेष अमिन टोलीद्वारा सोहि पैन्झाउ पोखरी नापजोख गर्दा स्थानिय बासिन्दाहरुले सोहि बिशेष टोलीबाट आएका अमिनहरुलाई नापजोखामा रोक लगाएपछि सार्वजनिक पोखरी व्यक्तिको नाममा गएको आशंका गरिएको छ । 

गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने कृष्ण कुमार सिंहले सार्वजनिक जग्गा आफ्नो निजि नाममा लुकाई छिपाई गर्न लगाएको स्थानियहरुले आरोप लगाएका छन् ।

सो सार्वजानिक पैन्झाउ भनिने पोखरी निज गणपति महतोको बाजे पवित्र महतोको नाउँमा रहेको तर २०२६ सालमा निज गणपति महतोको बाजेले  सार्वजानिक सम्पति भनेर घोषणा गरेको स्थानियहरु बताउँछन। 

यता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

अब फेसबुक र इन्ष्टाग्राम चलाउन पैसा तिर्नुपर्ने 

  • २०७९ पौष २४ आइतबार

एजेन्सी । विश्वको चर्चित समाजिक सँजाल फेसबुकले प्रयोगकर्तासँग दस्तुर लिने भएको छ । अहिलेसम्म निःशुल्क चल्दै आएको ठुलो समाजिक सँजाल फेसबुकले आफ्ना प्रयोगकर्तासँग शुल्क लिने भएको छ ।  मेटा कम्पनीले आफ्ना

पूरा पढ्नुहोस्

Bureau Menus