अब भोलीदेखि जनकपुर र विराटनगरबाटै श्रम स्वीकृति
मन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०७९ पुस २३ शनिबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ ।
मन्त्रिपरिषद्ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै श्रम स्वीकृति लिन सकिने व्यवस्था थियो ।
सुर्खेत र धनगढीबाट भने प्राविधिक तथा भौतिक तयारीपछि श्रम स्वीकृतिको दिने व्यवस्था गरिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…