मुस्लिमलाई पनि मधेशी प्रमाणित गर्न गृह मन्त्रालयलाई पत्राचार
मुस्लिमहरुलाई मधेशी प्रमाणित नगर्दा लोकसेवा आयोगको परीक्षाबाट समेत बञ्चित हुनुपरेको बताउँदै मुस्लिम आयोगले मुस्लिमहरुलाई समेत मधेशी प्रमाणित गर्न गृह मन्त्रालय गुहारेको हो ।

२०७९ पुस २२ शुक्रबार, राति ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगले मुस्लिम समुदायलाई मधेशी आयोगको सूचिबाट हटाएपछि मुस्लिम आयोग गृह मन्त्रालय गुहारेका छन् ।
मधेशी आयोगले मुस्लिम आयोग भिन्नै भएको र मुस्लिमहरु मधेशी आयोगबाट छुट्टिन खोजेको भन्दै मधेशी आयोगको सूचिबाट हटाएको थियो ।
गत पुस १९ गते मुस्लिम आयोगले पहिलेझैँ मुस्लिमहरुलाई समेत मधेशी भनेर प्रमाणित गरिदिन र सो कार्यलाई निरन्तरता गराउन गृह मन्त्रालयलाई निवेदन गरेको हो ।
मुस्लिम आयोगको चलानी नम्बर १३५ मा लोकसेवा आयोगमा आवेदन भर्न समेत मधेशी प्रमाणितको आवश्यकता परेको र अहिले जिल्ला प्रशासन कार्यालयहरुबाट मुस्लिमहरुलाई मधेशी प्रमाणित गर्न ईन्कार गरेको भन्दै प्रमाणित कार्यन्वयन गर्न आग्रह गरेको हो ।
मुस्लिमहरुलाई मधेशी प्रमाणित नगर्दा लोकसेवा आयोगको परीक्षाबाट समेत बञ्चित हुनुपरेको बताउँदै मुस्लिम आयोगले मुस्लिमहरुलाई समेत मधेशी प्रमाणित गर्न गृह मन्त्रालय गुहारेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…