नगरसभा भईरहेकै बेला वडाध्यक्ष महराले दिए पदबाट राजीनामा
उनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टिकाटिप्पणी सुरु भएको छ।

२०७९ पुस २२ शुक्रबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक स्थानीय तहको नगरसभा चलिरहँदा एक वडाध्यक्ष सोही समयमा राजीनामा दिएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले राजीनामा दिएका छन। निर्वाचित भएको ८ महिनामै वडाध्यक्ष महराले राजीनामा दिएका हुन्।
शुक्रबार नगरको १२औँ नगरसभा चलिरहेका बेला नगरप्रमुख राणबहादुर महरालाई वडाध्यक्ष महराले राजस्नामा बुझाए। नगरसभा चलिरहेकै बेला फिल्मिशैलीमा गएर वडाध्यक्ष महराले नगर प्रमुख महरालाई राजीनामा बुझाएपछि नगरसभामा उपस्थित सबै चकित परे।
बिहीबार राति समाजिक सञ्जालमार्फत वडाध्यक्ष र नेकपा माओवादी पाटी परित्याग गरेको घोषणा गरेका वडाध्यक्ष महराले वर्तमान व्यवस्थालाई दोषारोपण गरेर राजीनामा दिएका हुन्।
वडाध्यक्षले नगर प्रमुखलाई राजीनामा बुझाएसँगै नेकपा माओवादी पाटी परित्याग गरेको घोषणा गर्दै नेकपा बहुमत प्रवेश गरेका छन्। नेकपा बहुमत पाटी कञ्चनपुरका कार्यालय सचिव दिपेन्द सिंह ऐरीले राजीनामा बुझाएका वडाध्यक्ष महरा नेकपा बहुमतमा प्रवेश गरेको पुष्टि गरे।
उनले भने, ‘उता पार्टी र वडाध्यक्षबाट राजीनामा दिएर आएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज महानसहितले पार्टी प्रवेश गरायौँ। अब उनलाई जिम्मेवारी दिइन्छ।’ वडाध्यक्षले दिएको राजीनामाको टिकाटिप्पणी सुरु भएको छ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…