जनकपुरः कक्षा १० को अर्धवार्षिक परीक्षाको कापी चेक नहुँदै दारु भठ्ठीमा फेला
यसअघि जन्मदिनमा आफ्नो श्रीमतिलाई नोकरी गिफ्ट दिएका हेडमास्टर वैकुण्ठ श्रेष्ठले कापी सन्दर्भमा सोधपुछको लागि फोन गर्दा फोन उठाएनन् ।

२०७९ पुस २२ शुक्रबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक समुदायिक विद्यालयको अर्धवार्षिक परीक्षाको कापी चेकजाँच नहुँदै दारु भठ्ठीमा फेला परेको छ ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ स्थित रहेको मावि ईच्छापुरमा कक्षा १० का विद्यार्थीहरुले दिएको परीक्षाको कापी चेकजाँच नहुँदै रक्सी पसलमा बेचिएको खुलेको छ ।
गत मँसिर २८ देखि पुस ७ गतेसम्म चलेको अर्धवार्षिक परीक्षामा सहभागी परीक्षार्थीहरुको उत्तरपुस्तिका बिना चेकजाँचकै रक्सी पसलमा भेटिएको हो ।
कक्षा १० को परीक्षा अति संवेदनशिल मानिन्छ , तर शिक्षकहरुको लापरवाही र लोभीमनले सो उत्तरपुस्तिका रक्सी पसलमा बिना चेकजाँचकै भेटाएको हो ।

उत्तरपुस्तिकामा पुस १ गतेको मिति लेखिएको छ भने कक्षा १० र स्कूलकको नाममा माध्यमिक विद्यालय ईच्छापुर लेखिएको छ । कापीमा कुनै मार्किँग भने गरिएको छैनन् ।
जानकारी अनुसार, अर्धवार्षिक परीक्षाको कापी चेकजाँच नहुँदै र परीक्षाफल प्रकाशित नहुँदै उत्तरपुस्तिका रक्सी भठ्ठीमा फेला परेको हो ।
परीक्षाफल प्रकाशित र चेकजाँच नै नगरिएको उत्तरपुस्तिका विद्यालयबाट गायब भएर बाहिरिनु हेडमास्टर र शिक्षकहरुको लापरवाहीको तह देखाएको छ ।
यसअघि जन्मदिनमा आफ्नो श्रीमतिलाई नोकरी गिफ्ट दिएका हेडमास्टर वैकुण्ठ श्रेष्ठले कापी सन्दर्भमा सोधपुछको लागि फोन गर्दा फोन उठाएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…