साँसद महासेठ प्रादेशिक अस्पताल पुगेपछि सरसफाईसँगै बेडमा नयाँ बेडसिट
अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताए।

२०७९ पुस २१ बिहीबार, बेलुकी ७:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रायः दुर्गन्धित रहँदै आएको जनकपुरको प्रादेशिक अस्पताल (अँचल अस्पताल) मा विहिबार विशेष सरसफाईसहित विरामीको बेडमा नयाँ बेडसिट लगाइएको छ ।
महिनौदेखि नफेरिएको र गन्ध फैलाउने बेडसिटलाई हटाएर विहिबार एमालेकी साँसद जुली महासेठ (महतो) अनुगमनको लागि पुगेपछि सबै कर्मचारीहरु काममा लागे पनि पुरानो बेडसिट हटाएर नयाँ बेडसिट लगाइएको हो ।
साँसद अवलोकन र नीरिक्षणमा आएको भनकपछि अस्पतालका सफाई कर्मचारीहरुले धमाधम आफ्नो डयुटी गर्न थाले भने आन्तरिक कर्मचारीहरुले विरामीलाई बेडबाट हटाएर नयाँ बेडसिट फेरिरहेको दृश्य हेर्न पाईएको थियो ।
अस्पताल सञ्चालनको जिम्मा पाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह सहितको चिकित्सकका टिम सांसद महतोलाई अस्पतालका विभिन्न वार्डहरु भ्रमण अवलोकन गराइरहँदा कर्मचारीहरु आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गरिरहेको देखिए ।
कहिल्यै सफा नरहने प्रादेशिक अस्पतालमा साँसद महतोको भ्रमणपछि अस्पताल असली स्वरुपमा आएको कुरुवाहरुको प्रतिक्रिया थियो । सधैँ दुर्गन्धित र सेवामा ईमान्दार नदेखिएका कर्मचारीहरु विहिबार दिउँसो ईमान्दारीपूर्वक काम गरेका मात्र देखिएको गुनासो कुरुवाहरुको थियो ।
अस्पालको सरसफाई कर्मचारीहरुले सरसफाईका साथै र बेडसिट पनि हतार हतार केहि मिनेट अगाडि मात्र ओछयाइएको खुलाए ।
सांसदको पछाडि पछाडि ठुलै भिड देखिन्थ्यो । नेता, कार्यक्रता र विभिन्न तहका जनप्रतिनिधीहरु समेत पछाडि पछाडि थिए । अनुगमन गरेकी सांसद महतोले अस्पतालमा विरामी, कुरुवाको मात्र नभई चिकित्सक र अस्पताल प्रशासनको समेत आफनै गुनासोहरु रहेको बताइन ।
केहि विरामी र कुरुवाको गुनासो बल्ल सुनिएको थियो भने अस्पताल प्रशासनको दरबन्दी अभाव, जनशक्तिको कमि, स्रोत र साधन तथा भवनको अभाव सहितको गुनासोहरु सांसद समक्ष सहजै पुगेको थियो ।
देशमै सबै बढि प्रसुती हुने दोस्रो अस्पतालको रुपमा रहेको जनकपुरधाम प्रादेशिक अस्पतालमा दैनिक एक हजार ओपिडी विरामी र कम्तिमा पचास शिशुको जन्म हुन्छ ।
अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताए।
प्रादेशिक अस्पतालमा अहिले पनि अधिकांश कर्मचारी सोर्स फोर्सको आधारमा नियुक्ती भएका कर्मचारीहरु हुन् । उनीहरुमा सम्बन्धित क्षेत्रको गुण, ज्ञान नभएपनि राजनीतिक नियुक्तीले गर्दा अस्पताललाई ध्वस्त बनाउँदै गएको छ । केही कर्मचारीहरु कार्यालयबाटै विचौलियाको काम समेत गर्ने गरेको खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…