प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा आफूलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ ।

२०७९ पुस २१ बिहीबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा आफूलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…