कमला नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै, ब्लड टेष्टदेखि भिडियो एक्सरे पनि गरिने
आउँदो शुक्रबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोक मन्दिर परिसरमा स्वास्थ्य शिविर सँचालन हुने बताइएको छ ।

२०७९ पुस १८ सोमबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित निःशुल्क (फ्री) स्वास्थ्य चेकजाँच शिविर हुने भएको छ ।
आउँदो पुस २२ गते शुक्रबार र २३ गते शनिबार गरी दुई दिन निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
जनकपुरधामस्थित रहेको सूर्यतारा डायबिटिस थाईराईड एण्ड ईन्डोक्राईन सेन्टर प्रा.लि. को आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
डेढ दर्जन विशेष डाक्टरहरुको टोलीले कमला नगरपालिकावासीलाई दुई दिनसम्म सबै सेवाहरु निःशुल्क दिने आयोजक क्लीनिकका सँचालक डा. सितेश गोईतले जानकारी दिए ।
डाक्टर गोईतका अनुसार, दुई दिने निःशुल्क चेकजाँच शिविरको क्रममा ब्लड टेस्ट, किडनी, लिभर, पिसाब टेष्टको साथै ईसिजी, अल्ट्राउण्ड (भिडियो एक्सरे) समेत निःशुल्क गर्ने भएको छ ।
विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरुले शिविरमा सहभागी हुने विरामीलाई फोक्सी चेकजाँच समेतको व्यवस्था मिलाएको डा. गोईतले जानकारी दिए ।
आउँदो शुक्रबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोक मन्दिर परिसरमा स्वास्थ्य शिविर सँचालन हुने बताइएको छ ।
सो शिविरमा विरामीहरुलाई निःशुल्क चेकजाँचको साथै औषधी समेत निःशुल्क प्रदान गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…