रौतहटको परोहा नगरपालिकामा फ्री रगत र फ्री मिटर सबै नगरबासीलाई दिने कार्य सुरु
पहुँच भएको वा पहुँच नभएको सबै जनताको प्रत्येक्ष लाभान्वित निर्णय कार्यमा पालिकाको वडा नं १ देखि ९ सम्मका सबै वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो ।

२०७९ पुस १४ बिहीबार, राति ८:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । परोहा नगरपालिकाले मधेश प्रदेशमा पहिलो स्थानीय तहको रूपमा अगाडि बढ्दै निःशुल्क रगत, निःशुल्क घरेलु र कृषि मिटर उपलब्ध गराउने योजना आजबाट सुरु गरेको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले वडा नं ८ स्थित “खुल्ला रक्तदान कार्यक्रम” केही महिनाअघि अब यस नपाबाट उपचारको लागि प्रादेशिक अस्पताल गौर वा अन्य निजी अस्पतालमा जादा उपचारको क्रममा रगतको आवश्यकता पर्दा सिधै लिन सकिने बनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी गौर रौतहट शाखा अन्तर्गतको ब्लड बैंकलाई सम्झिने गर्छन् तर ब्लड बैंकबाट रगत लिए बापतको एघार सय पच्चास रूपैयाँ तिर्नुपर्छ त्यो अब देखि यस नगरबाट कोही उपचारको क्रममा रगत लिन पुगेपछि त्यसको शुल्क कुनै जनताले तिर्न पर्दैन त्यो रकम पालिकाले सबै तिर्ने घोषणा गर्नुभएको थिए ।
ब्लड बैंकबाट रगत निस्शुल्क उपलब्ध गराउने बारे नेपाल रेडक्रस सोसाइटी रौतहटको महामन्त्री धर्मेन्द्र कुमार सिंह र मेयर वकिल बिच त्यहीँ क्रममा सहमति भई सेवा सुचारु गर्ने कार्य अगाडि बढाइएको थियो ।
ब्लड बैंकले गरेको सेवा र अझ अगामी दिनमा परोहा नपाको जनतालाई कुनै बेला रगतको खाचो परेको अवस्थामा निस्शुल्क उपलब्ध गराउने दुई पक्षीय सहमतिमा त्यसमा लाग्ने रकम पालिकाबाट तिर्न लगाउने भन्दै मेयर शेख वकिलले आज आफ्नै कार्यालयमा २ लाखको चेक रेडक्रस सोसाइटी रौतहट शाखालाई हस्तान्तरण गरेका छन् ।
पूर्व घोषित प्रतिबद्धतालाई मेयर शेख वकिलले आज देखि पुनः रूपमा अगाडि बढाउदै अन्य थप्प ३ योजना जनताको हितमा हुने गरि निर्णय बोर्ड बैठकबाट पारित गराएका हुन ।
कार्यापालिकाको बैठकबाट परोहा नगरपालिकाको सबै वर्गको जनसमुदायलाई प्रत्येक्ष लाभ हुने हितकारी योजनाहरू सर्वसहमतिले अगाडि बढेको छ । मेयर शेख वकिलको अध्यक्षतामा बसेको बैठकबाट ब्लड बैंक गौर शाखा र ब्लड बैंक बिरगंज शाखामा शुल्क बापत तिर्नुपर्ने ११५०र( रूपैयाँ अब नगरपालिकाले व्यहोर्ने छ ।
मौसमी बर्षा समयमा हुन नसकेको कारण कृषि प्रधान क्षेत्र रहेको हुनाले किसानहरू धेरै मर्कामा परेकोले यस आर्थिक बर्ष २०७९ श्रावण देखि अन्तिम मसान्त असारसम्मको जुन किसानले कृषि गर्नका लागि लिएको कृषि मिटरको रकम सबै पालिकाले तिर्ने मेयर वकिलले बताए ।
विधुतको चुहावट धेरै भइरहेको छ त्यसलाई आफ्नो पालिकामा नियन्त्रण गर्न र हुकिङ्ग मुक्त पालिका बनाउने उदेश्यका साथ घरेलु मिटर र कृषि मिटरबाट बन्चित रहेको सबै नगरबासीलाई फ्री मिटर जडान गराउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च पालिकाबाट दिने उनले बताए ।
आफ्नो तरिकाले विभिन्न किसिमको बेमौसमी र मौसमी खेती गर्नलाई वडा नं १ देखि ९ सम्मको किसानलाई सहजरूपमा पानी उपलब्ध हुने उदेश्य खेत(खेत सम्म १०० वटा पोल, तार र प्रत्येक वडामा छुट्टाछुट्टै ११ वटा ट्रान्सर्फमर जडान यहीँ आर्थिक बर्ष भित्र गराउने समेत निर्णय भएको मेयर वकिलले जानकारी दिए ।
पहुँच भएको वा पहुँच नभएको सबै जनताको प्रत्येक्ष लाभान्वित निर्णय कार्यमा पालिकाको वडा नं १ देखि ९ सम्मका सबै वडाअध्यक्षहरूको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…