दलको नेता चयन गर्न जनकपुर आउँदै यादव
हुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।

२०७९ पुस १३ बुधबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशमा बिहीवार संसदीय दलका नेता चुन्न पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउने भएका छन् ।
उनी जनकपुरधाम पुगेपछि संसदीय दलका नेता सर्वसम्मतले चुन्ने प्रयास गर्ने छन् तर, सर्वसम्मत नभए शुक्रवार निर्वाचन हुने भएको छ ।
केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र लगायतको छलफलमा मधेश प्रदेशको नेतृत्व जसपालाई दिने सहमति भएको छ । जसपामा संसदीय दलका नेता बनने मुख्यमन्त्री हुनेभपछि यहाँ संसदीय दलका नेतामा दाबी गर्नेहरुको संख्या बढी छ ।
हुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…