कमला नगरपालिकाका मेयर उपमेयरले शिक्षकहरुलाई फेरी ठगे, १५ गते दिने छैन तलब
जानकारी अनुसार, नगर प्रमुख विशेवर यादव र उपप्रमुख शिलादेवी मण्डल कुनै कार्यक्रममा सहभागीता जनाउन बाहिर गएका छन् । यद्यपी, नगरपालिकाको समस्यालाई निराकरणभन्दा साधारण कार्यक्रमहरुमा सहभागीता जनाउन बाहिर गएपछि जनता आक्रोसित बनेका छन् भने उनको नैतिकतामाथि समेत प्रश्न तेसाईएको छ ।

२०७९ पुस १२ मंगलबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषा जिल्लाको कमला नगरपालिकामा मेयर उपमेयर नआउँदा शिक्षकहरुले तोकिएको समयमा पुनः तलब नपाउने भएको छ ।
पुस १५ गतेभित्र नगरभित्रका शिक्षकहरुलाई तलब खुवाउने प्रतिवद्धता जाहेर गरेपनि मेयर उपमेयर नगरपालिका छाडेर अन्तै गएपछि शिक्षकहरुले तलब नपाउने भएको छ ।
गत पुस ६ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले वडाध्यक्षद्धारा माग गरिएको हरहिसाब पारदर्शीको लागि नगरपालिका गएपनि मेयर उपमेयर अनुपस्थित हुँदा हरहिसावको प्रक्रिया अगाडी बढन सकेनन् ।
पुस ६ गते तोकिएको समयमै हिसाब पारदर्शी हुन नसक्दा शिक्षकहरुले अझै अब तलब नपाउने भएको छ । विगत एक साता अधिकदेखि मेयर उपमेयर बिना जानकारी गायब भएपछि नगरपालिका बन्दी भएको छ ।
कर्मचारीहरु नियमित रुपमा आउन थालेपनि नगरको नगर प्रमुख र उपप्रमुख नै बेपत्ता भएपछि नगरपालिका बन्दीको बन्दी नै भएको छ ।
जानकारी अनुसार, नगर प्रमुख विशेवर यादव र उपप्रमुख शिलादेवी मण्डल कुनै कार्यक्रममा सहभागीता जनाउन बाहिर गएका छन् । यद्यपी, नगरपालिकाको समस्यालाई निराकरणभन्दा साधारण कार्यक्रमहरुमा सहभागीता जनाउन बाहिर गएपछि जनता आक्रोसित बनेका छन् भने उनको नैतिकतामाथि समेत प्रश्न तेसाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…