धनुषाः जनमत पार्टीको रक्तदान, तीन दर्जन व्यक्तिले दिए रगत
रक्तदानको लागि जनमत पार्टीका नेता कार्यकर्ताहरुले रक्त दिएको थियो । सो क्रममा जनमतका युवा नेता बीरेन्द्र यादवसहितले रक्तदान गरेका थिए ।

२०७९ पुस ११ सोमबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित जनमत पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश साँसदका प्रत्यासी उम्मेदवार रामपुकार यादवको विशेष पहलमा रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरिएको हो ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी (रक्तसँचार) मा रगतको अभाव भएको जानकारी पाए लगत्तै सोसाईटीको सहयोगमा करिब तीन दर्जन व्यक्तिले रक्तदान गरी सहयोग गरेको हो ।
रक्तदान जीवनदान मूलनाराको साथै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदानको लागि जनमत पार्टीका नेता कार्यकर्ताहरुले रक्त दिएको थियो । सो क्रममा जनमतका युवा नेता बीरेन्द्र यादवसहितले रक्तदान गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…