जनकपुरः साँझै एक युवकलाई गोली दागी हत्या !
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

२०७९ पुस ९ शनिबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक युवकलाई गोली दागी हत्या गरिएको छ ।
धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ स्थित एक युवकमाथि गोली प्रहार गरी हत्या गरेको हो । घटना शनिबार साँझ भएको हो ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय धानुक दासको मृत्यु भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका छन् । उनको बायाँ पाखुरामा गोली लागेको थियो ।
स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । दासको घरमा पसेर गोली हानी भागेको बताईएको छ । उनको उपचारको क्रममा मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…