जनकपुरको श्रीराम , मिहिलाल र नेपाल अपोलो हस्पिटल बिना स्टाफकै सँचालन, नैनामा ताला
यता, बिना स्वीकृतिकै नियम विपिरित चोरीलुकी सँचालन गरिएको नैना हस्पिटलको ईमरजेन्सीमा ताला लगाईएको छ । सम्बन्धित निकायमा स्वीकृतिको लागि आवेदन दिएपनि विरामीको शल्यक्रिया समेत चोरेर गर्ने गरेको जानकारीपछि ईमरजेन्सीमा ताला लगाईएको हो ।

२०७९ पुस ७ बिहीबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सँचालनमा रहेको अधिकांश हस्पिटलहरु मापदण्ड विपरित नै सँचालनमा रहेको पाईएको छ ।
जनकपुरधामको रामानन्दचोकमा सँचालनमा रहेको श्रीराम हस्पिटल, रामानन्दचोक पानी टँकीस्थित सँचालनमा रहेको मेहिलाल हस्पिटल (मिहिलाल सिटी स्क्यान) र रामानन्दचोकमै सँचालनमा रहेको नेपाल अपोलो हस्पिटल मापदण्डलाई मिचेर अस्पताल सँचालन गरेको पाईएको छ ।
गत साता जनकपुरधाम उपमहानगरपालिका, स्वास्थ्य निर्देशनालय, समाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोलीको नीरिक्षणको क्रममा सो अस्पतालहरुले मापदण्ड विपरित अस्पताल सँचालन गरिरहेको पाईएको थियो ।

नीरिक्षण टोलीले सो अस्पतालहरु कानुनी स्वीकृति लिएपनि अस्पतालमा हुनुपर्ने आधारभूत मापदण्ड पूरा नगरेको प्रतिक्रिया दिएको हो । तीनवटै हस्पिटलमा सरसफाई र स्टाफको अभाव देखिएको टोलीको बयान छ ।
सो क्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले नीरिक्षणको क्रममा कुनै अस्पतालमा स्टाफको कमी, कुनैमा सरसफाई, कुनैमा भौतिक सँरचना नै नमिलेको जस्तो मापदण्ड विपरित पाईएको बताए ।

उनले तीनवटै हस्पिटललाई यथाशिघ्र मापदण्ड पालना गरी अस्पताल सँचालन गर्न निर्देशन समेत दिएको बताए ।
यता, बिना स्वीकृतिकै नियम विपिरित चोरीलुकी सँचालन गरिएको नैना हस्पिटलको ईमरजेन्सीमा ताला लगाईएको छ । सम्बन्धित निकायमा स्वीकृतिको लागि आवेदन दिएपनि विरामीको शल्यक्रिया समेत चोरेर गर्ने गरेको जानकारीपछि ईमरजेन्सीमा ताला लगाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…