टिप्परको ठक्करबाट किशोरीको मृत्यू, आश्रुग्याँस प्रहार
घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

२०७९ पुस ५ मंगलबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको रुपनीमा टिप्परको ठक्करबाट एक १२ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनीमा टिप्परले ठक्कर दिँदा १२ वर्षीया रिताकुमारी यादवको मृत्यु भएको हो।
घटनापछि मृतक किशोरीका परिवार र आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेपछि स्थिति थप तनावग्रस्त बनेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…