कमला नगरपालिकामा मेदानता क्लिनिकको निःशुल्क उपचार, २८०० बढी सर्वसाधारणले लिए सेवा
स्थानीयहरुलाई निःशुल्क चेकजाँच र औषधी वितरणको लागि डा. ठाकुरसँगै, बालरोग विशेषज्ञ डा. अभय मण्डल, शिशु तथा बालरोग विशेषज्ञ डा. अनिल कुमार साह, स्त्री तथा प्रसुति, निःसन्तान रोग विशेषज्ञ डा. स्वाती जयश्वाल, प्रसुति तथा क्यानसर रोग विशेषज्ञ डा. बीरेन्द्र भगत, जेनेरल सर्जन डा.राजेश कुमार साह, गाईनोलोजी प्रोफेसर डा. पँकज प्रताप देव, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सज्जन कुमार शर्मा, डेन्टल सर्जन डा. कुन्दन मिश्र, आँखा सम्बन्धीको लागि दिनेश साहले सेवा दिएका थिए ।

२०७९ पुस ३ आइतबार, बिहान ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकाका स्थानीय रहेका डा. दिग्वीजय ठाकुर नेतृत्वको चिकित्सकहरुले कमला नगरपालिकाका सर्वसाधारणहरुलाई निःशुल्क औषधी उपचार दिएको छ ।
जनकपुरधामस्थित रहेको मेदानता रिसर्च क्लिनिक प्रा.लि. को आयोजनामा कमला नगरपालिका वडा नम्बर १ मँगराहा समुदायिक विद्यालयमा राखिएको निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रममा करिब ३ हजार सर्वसाधारणले सेवा लिएका छन् ।
कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले विहिबार उदघाटन गरेका सो शिविरको लागि कमला नगरपालिका बाहेक शहिदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिकाका सर्वसाधारणहरुले समेत सो निःशुल्क शिविरको फाईदा उठाएको हो । प्रत्येक वर्ष डा. दिगबिजय ठाकुरले मँगराहा स्कूलमा एक दुई दिने चेकजाँच, औषधी वितरणको कार्यक्रम राख्दै आएको छ ।

आफू सोही विद्यालयबाट पढेर डाक्टर बनेको बताउँदै उनले आफ्नो स्थानीयहरुलाई सेवा दिन सो निःशुल्क शिविरको आयोजना गरिदै आएको बताए । उनले आफू चिकित्सक पेशामा पेशागत भएपछि प्रत्येक वर्ष एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको बताए ।
शिविरमा कमला नगरपालिकाको विभिन्न वडासहित शहिदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकाको समेत सर्वसाधारणहरुले सेवा लिएको डा. ठाकुरले जानकारी दिए ।
आफ्नो ठाउँका जनतालाई सेवाभावले सेवा प्रदान गरेको उनले थपे । आफू डाक्टर बनेपछि आफ्नै गाउँ ठाउँका मान्छेलाई नचिनेको भनेर नभनोस उदेश्यले आफ्नो ठाउँमा निःशुल्क उपचार, औषधी वितरण गर्ने गरेको बताए ।

मँगराहा विद्यालयमा राखिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको क्रममा करिब ३००० जनाले सेवा लिएको बताए । सो क्रममा फिजिसियन, हाडजोर्नी, साँस प्रस्वास, बच्चा, आँखा, नाका, कान, घाँटी सम्बन्धी अधिक सेवा लिएको बताए ।
स्थानीय कमला युवा सँजाल, स्थानीय युवा, शिक्षकहरुको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको डाक्टर ठाकुरले बताए ।
स्थानीयहरुलाई निःशुल्क चेकजाँच र औषधी वितरणको लागि डा. ठाकुरसँगै, बालरोग विशेषज्ञ डा. अभय मण्डल, शिशु तथा बालरोग विशेषज्ञ डा. अनिल कुमार साह, स्त्री तथा प्रसुति, निःसन्तान रोग विशेषज्ञ डा. स्वाती जयश्वाल, प्रसुति तथा क्यानसर रोग विशेषज्ञ डा. बीरेन्द्र भगत, जेनेरल सर्जन डा.राजेश कुमार साह, गाईनोलोजी प्रोफेसर डा. पँकज प्रताप देव, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सज्जन कुमार शर्मा, डेन्टल सर्जन डा. कुन्दन मिश्र, आँखा सम्बन्धीको लागि दिनेश साहले सेवा दिएका थिए ।

सो क्रममा निःशुल्क सेवा भावको लागि सेवा दिएको भन्दै कमला युवा सँजालले चिकित्सकहरुसहित स्वयँसेवकहरु, नर्सहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…