सर्लाहीमा चल्यो गोली, सशस्त्र प्रहरी जवान घाईते
साथीहरुसँगै बसेर खाजा खाइरहेका साह माथी शुक्रबार साँझ ७ बजेति गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ पुस १ शुक्रबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित गोली चलेको छ । शुक्रबार साँझ चलेको गोली लागेर सशस्त्र प्रहरी जवान घाईते भएका छन् ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर ७ स्थित शुक्रबार (आज) साँझ गोली चल्दा सशस्त्र प्रहरी जवान घाईते भएका हुन् ।
घाइते हुनेमा ३२ वर्षीय सशस्त्र प्रहरीका जवान सुरेश साह रहेका छन् ।
साथीहरुसँगै बसेर खाजा खाइरहेका साह माथी शुक्रबार साँझ ७ बजेति गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । साहको अवस्था सामान्य छ । घटनामा संलग्न रहेको आशंकामा रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता विजय यादवका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…