रवि लामिछाने र डा. सिके राउतलाई सरकारमा जान नदिन कसरत, मधेशमा पुनः जसपा सरकार ?
दिल्लीमा उनले नेपालमा प्रभाव पार्न सक्ने नेताहरु संग भेटघाट तथा मुख्यमन्त्री आफूले पाउने वातावरण निर्माणका लागि त्यहाँ पुगेको स्रोतको भनाइ छ । जसपाप्रति पाँच दलीय गठबन्धन जनमत भन्दा बढी लचिलो देखिएपछि उनी दिल्ली पुगेका छन् । हुनत सभामुख यादवलाई यसभन्दा पहिला पनि मुख्यमन्त्री बन्ने इच्छा थियो तर, मुख्यमन्त्री लालवावु राउतले राजिनामा नदिएपछि उनी मुख्यमन्त्रीको रेसबाट आउट भएका थिए । तर, यस पटक उनी कम्मर कसेर मुख्यमन्त्रीको रेसमा आउन लागेका छन् ।

२०७९ मंसिर २९ बिहीबार, बिहान ९:०१ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा फेरि जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने भएको छ ।
नेपाली कांग्रेस तथा नेकपा एमालेको रोजाइमा पहिलो चोटी निर्वाचनमा भाग लिएर सदन सम्मको यात्रा तय गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( र जनमत पार्टीलाई सरकारमा सहभागिताबाट रोक्नका लागि जसपालाई फेरि गठबन्धनमा ल्याउने तयारी गरिएको छ ।
जसपा गठबन्धनमा सहभागी भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्ने छ । पाँच दलीय गठबन्धनमा तीन मुख्यमन्त्री नेपाली कांग्रेस, दुई माओवादी केन्द्र र एक नेकपा एस र एक जसपालाई दिएर जसपालाई सरकारमा सहभागी गराउने तयारी थालिएको छ ।
हुनत निर्वाचनको मत परिणाम सार्वजनिक भए लगतै जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाण्डुमा शीर्ष नेताहरुसंग भेटघाट गरेर सरकारमा सहभागी हुने इच्छा पनि जाहेर गरेको स्रोतको भनाइ छ । उनले मधेश प्रदेशमा मुख्यमन्त्री तथा केन्द्रमा कृषि र उद्योग मन्त्रीको माग गरेका थिए । तर, कांग्रेस सभापति तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरु सकारात्मक देखिएका थिएनन् ।
रास्वपाका अध्यक्ष लगायत विजयी भएकाहरु बढी आक्रामक देखिएका कारण उनीहरुलाई सरकारवाट टाढा राख्न पाँच दलीय गठबन्धनको तयारी छ भने रास्वपाप्रति नेकपा एमाले पनि रुचि देखाएको छैन् ।
हुनत जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतको अवस्था पनि त्यस्तै छ तर, जसपाले पाँच दलीय गठबन्धनसंग जाने इच्छा प्रगट गरेपछि पाँच दलीय गठबन्धनको पहिलो रोजाइ भने जसपानै बन्ने देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…