गैर–कानुनी रहेको जनकपुरको नैना हस्पिटलमा अझै विरामीलाई चिरफार, मेयर किन चुप्प ?
जनकपुरधाम क्षेत्रभित्रै रहेको सो अस्पताल अनुमगनको लागि मेयरले जानकारी राख्दा पनि अनुगन नगर्नु वा निकायलाई कारवाही वा अनुगमनको लागि निर्देशन नदिनुमा मेयर साहले मोटो रकम लिएर गैर–धन्दा गर्न दिएको आरोप लगाइएको छ ।

२०७९ मंसिर २८ बुधबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गैर–कानुनी रुपमा सँचालनमा रहेको जनकपुरको नैना हस्पिटलमा अझै विरामीलाई चिरफार गरिरहेको पाईएको छ ।
सम्बन्धित निकायले सो हस्पिटल सँचालनमा रोक लगाएपनि सोही निकायहरुलाई प्रभावमा पारेर नैना हस्पिटलले खुल्लेयाम विरामी भित्र्याउँदै चिरफार गरिरहेको पाईएको छ ।
कानुनी नरहेको गैर–कानुनी सँचालनमा रहेको नैना हस्पिटलमा दलालहरु मार्फत विरामी पुरयाई मापदण्ड विपरित उपचार गरिरहेको पाईएको छ । पटक पटक सम्बन्धित निकायले ओ अस्पताल बन्द गर्न निर्देशन दिएपनि सो निर्देशनलाई धज्जिया उडाउँदै नैना हस्पिटलले प्रशासनलाई समेत चुनौति दिएको छ ।
मधेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयको मातहत र जनकपुरधाम उपमहानगरपालिकाको माहतहमा सँचालन हुनुपर्नेमा नैना अस्पताल बिना दर्ता र सूचिकृतको निर्वाध सँचालन गरिरहँदा सम्बन्धित निकाय योजना तहत नै पुनः अनुमगन नगरेको देखिएको छ ।
केही महिना अगाडी जनकपुरधाम उपमहागनरपालिकाले अनगुमन गरी सो अस्पताल मापदण्ड विपरित रहेको भन्दै बन्द गराएको थियो । तर, केही दिन अगाडीदेखि पुनः नैना हस्पिटल विरामी भर्ना गरी असुली गर्न थालेका छन् ।
नगरपालिकाले नै सँचालनमा रोक लगाएको अस्पताल पुनः सँचालन भएको जानकारी पाउँदा पनि नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमन गर्न नमानेको देखिएको छ । स्वास्थ्य शाखाका विजय साहले आन्तरिक सेटिँग गरी गैर–कानुनी रुपमै सँचालन गर्न दिएको आरोप लगाइएको छ ।
सोही क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले समेत सो अस्पताल बन्द गराउनको लागि आफैँ गएको अवस्थामा पुनः सँचालन हुँदा चुप्पी लादेको भन्दै मेयर साहको समेत मिलोमत्तो हुन सक्ने आशंका गरिएको छ ।
जनकपुरधाम क्षेत्रभित्रै रहेको सो अस्पताल अनुमगनको लागि मेयरले जानकारी राख्दा पनि अनुगन नगर्नु वा निकायलाई कारवाही वा अनुगमनको लागि निर्देशन नदिनुमा मेयर साहले मोटो रकम लिएर गैर–धन्दा गर्न दिएको आरोप लगाइएको छ ।
यता, स्वास्थ्य शाखा प्रमुख विजय साहले भने सो अस्पताल कानुनी दायरामा आउनको लागि कागजातहरु पेश गरेको तथा अनुमति निमल्दै सँचालन गर्नु गैर–कानुनी रहेको थपे । उनले पुनः अनुगमन गरी कारवाही गर्ने पनि बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…