नगर प्रमुखको सराहनीय कदम, छात्राहरुलाई विद्यालय जान साईकल प्रदान
न्यूज ब्यूरो || रौतहट, ११ बैशाख । रौतहटमा छात्राहरुलाई विद्यालयसम्म जान सहजता होस भन्ने उदेश्यले साईकल सहयोग गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको सहयोगमा छात्राहरु लाई विद्यालय जान सहयोग पुगोस भन्ने उदेश्यले साईकल सहयोग गरिएको हो । कटहरिया नपा ५ मा रहेको जनता मा बी कटहरियाको प्रांगनमा मंगलवार एक स

२०७५ बैशाख ११ मंगलबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
रौतहट, ११ बैशाख । रौतहटमा छात्राहरुलाई विद्यालयसम्म जान सहजता होस भन्ने उदेश्यले साईकल सहयोग गरिएको छ ।
रौतहटको कटहरिया नगरपालिकाको सहयोगमा छात्राहरु लाई विद्यालय जान सहयोग पुगोस भन्ने उदेश्यले साईकल सहयोग गरिएको हो ।
कटहरिया नपा ५ मा रहेको जनता मा बी कटहरियाको प्रांगनमा मंगलवार एक समारोह कक्षा ९ मा अध्ययनरत छात्राहरु लाई साईकल वितरण गरीएको हो ।
कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा फिरोजको अध्यक्षता तथा बिशिष्ट अतिथि उपप्रमुख नुरजहा खातुनको उपस्थितीत्यमा ७६ जना छात्राहरुलाई साईकल वितरण गरीएको जनता मावी कटहरियाका प्रधानाध्यापक चुल्लाई राय यादवले जानकारी दिए । 
नगरकी छात्राहरुलाई विद्यालयसम्म पुग्न सजिलो तथा विद्यालयमा शतप्रतिशत पहुँच बढाउको लागि साईकल योग्दानले नगरको शैक्षिक अवस्था झन बलियो हुने समाजसेवी एवम यूवा नेता नसरूदिन अंसारीले बताए ।
चालु आर्थिक वर्षमै नगर भित्रकै अन्य विद्यालयहरुमा समेत गरी ३ सय छात्राहरुलाई साईकल प्रदान गर्ने लक्ष्य राखिएको हो ।
साईकल प्रदान अति विपन्न, जेहेन्दार र दलित तथा विद्यालयसम्म बढी दुरी पार गर्ने छात्राहरुलाई मात्र प्रदान गरिने जनाइएको छ ।
नगरको यस्ता कार्यलाई स्थानीयवासीहरु प्रशँसा गरेका छन् भने प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतको बेटी बचाउ, बेटी पढाउ अभियानमा थप उर्जा थपिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…