मानव बेचबिखनविरुद्ध जनकपुरमा माईती नेपालको सडक नाटक
सो कार्यक्रममा समाजिक सँस्थामा कार्यरत कर्मचारी, प्रहरी कर्मचारी, कलाकार, विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

२०७९ मंसिर २० मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महिला अधिकारको क्षेत्रमा कार्यरत समाजिक सँस्था माईती नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सडक नाटक प्रदर्शन गरेको छ ।
लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानको क्रममा मँगबार जनकपुरको जानकी मन्दिर प्राँगनमा मानव बेचखन अन्तर्गत चेलीबेटी बेचबिखनसम्बन्धी सडक नाटक प्रर्दशन गरेको हो ।
माईती नेपालका धनुषा जिल्ला प्रतिनीधि पुरुषोत्तम यादवको अगुवाईमा तथा जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गतको महिला तथा बालबालिका शाखाकी प्रमुख चन्द्रकला भट्टराईको विशेष उपस्थितिमा कलाकारहरुले चेलीबेटी बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन गरेको हो ।
गरिबी, अशिक्षा, बहकाउमा परी सीमापारी चेलीबेटी बेचबिखन हुने गरेको तथ्याँकमा आधारित जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
माइती नेपाल धनुषाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जानकी मन्दिरको प्राङ्गणमा मानव वेचबिखनको विरुद्धमा सडक नाटक प्रदर्शन गरिएको थियो ।
सो कार्यक्रममा समाजिक सँस्थामा कार्यरत कर्मचारी, प्रहरी कर्मचारी, कलाकार, विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…