कमला नगरपालिकामा शिक्षकहरु आजदेखि धर्नामा, मेयर र वडाध्यक्षहरुलाई छैन मतलब
जनमतको कदर नगरेको भन्दै मेयर यादवमाथि शिक्षकहरु समेत आक्रोसित बनेका छन् । जनताले विकास उचीत समयमा अनुकुल विकासको लालसाले मेयरमा यादवलाई जिताएपनि उनले आफना नगारिकलाई रतिभर पनि सम्मान दिएका छैनन् ।

२०७९ मंसिर १९ सोमबार, बेलुकी ६:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा शिक्षकहरुले आजदेखि नगरपालिकाको कार्यालय अगाडी धर्ना दिन सुरु गरेको छ ।
चालु आर्थिक बर्षको ५ महिना वितिसक्दा पनि अहिलेसम्म कुनै प्रकारको तलबभत्ता नपाएको भन्दै शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।
शिक्षक कर्मचारीहरु पटक पटक विद्यालय निर्वाध सँचालनको लागि समयमै तलबभत्ता उपलब्ध गराउनुपर्ने माग राखेपनि कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादव टार्दै आएका छन् ।
यसअघि समेत तालाबन्दी गर्ने तरखरमा रहेका शिक्षक कर्मचारीहरुलाई मेयर यादवले ललाई फकाई गरी तालाबन्दी गर्न दिएनन भने उनीहरुको समस्या समेत समाधान गर्न सकेनन् ।
तलबकै भरमा घर परिवार चलाउने समुदायिक विद्यालयका शिक्षकहरुले विगत ५ महिनाको तलब पाउनुपर्ने भन्दै आन्दोलित भएका थिए । यसअघि बालबालिकाहरुको भविष्यलाई हेर्दै शिक्षकहरुले विद्यालय निरन्तर सँचालन राखेपनि अब विद्यालयको पठन पाठन नै ठप्प पार्ने चेतावनी दिएको हो ।
यो पनि पढनुहोस्
यस साताभित्र तलबभत्ताको लागि नगरपालिका सँचालन सुचारु नभए चरणबद्ध आन्दोलन अनुरुप नगरभरिको विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । यसबारे मेयरलाई जानकारी भएपनि कुनै अधिकारिक बयान भने दिएका छैनन् ।
कमला नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम भगत यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेरले योजना पेश नगर्दा नगरपालिका सँचालन हुन सकेको छैनन् भने उनीहरुले अधिकृत सुबोध कुमार ठाकुरले हरहिसाब पारदर्शीको अडान राखेपनि हाकिमले अझैसम्म हरहिसाब दिएका छैनन् ।
स्थानीय तह निर्वाचनको यस दोस्रो निर्वाचनपछि निर्वाचित भएका मेयर यादव कमला नगपालिकाको असफल मेयरको रुपमा परिचय दिन थालेका छन् । जनताले असल नेतृत्व खोजेपनि उनले जनभावना बमोजिम काम गर्न नसक्दा चौतर्फी आलोचना मात्र नभई अब गाली गलौच समेत खान थालेका छन् ।
जनमतको कदर नगरेको भन्दै मेयर यादवमाथि शिक्षकहरु समेत आक्रोसित बनेका छन् । जनताले विकास उचीत समयमा अनुकुल विकासको लालसाले मेयरमा यादवलाई जिताएपनि उनले आफना नगारिकलाई रतिभर पनि सम्मान दिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…